२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले सचिवालय बैठक बोलायो



नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। भोलि (आइतबार) साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको हाे।

बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन। भोलिको बैठकमा रास्वपा सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउबारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ब्रिफिङ गर्नसक्ने सम्भावना छ।

रवि पक्राउ परेपछि एमाले सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो। शुक्रबार रविलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेर कास्की लगेको छ।

यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो। सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो।

लगत्तै, व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा भोलिपल्टै एमालेले पार्टी कार्यालयको शिलान्यास गरेको थियो। त्यसयता, एमालेको उक्त कदमको चर्को आलोचना हुँदै आएको छ।

एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीलाई जिताउन लागि आगामी कार्तिक २२ गतेसम्म तल्ला कमिटीहरूले त्यससम्बन्धी आवश्यक निर्णय गरेर केन्द्रिय कार्यालयमा पठाइसक्न आह्वान पनि गरिसकेको छ।

प्रकाशित मिति : २०८१, ३ कार्तिक शनिबार ००:००  ९ : १७ बजे