२०८२, १२ जेठ आइतबार | Sun May 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै



सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराउने प्रहरीको तयारी छ । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो ।

रास्वपाले शनिबार पोखरा चिप्लेढुंगा र काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो ।

आइतबार पनि जिल्ला प्रशासन कार्यालय कास्की अगाडि दिउँसो साढे १२ बजे प्रदर्शन गर्ने रास्वपाले जनाएको छ । रवि पक्राउ परेसँगै रास्वपा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सहमहामन्त्री रमेश प्रसाईंलगायतका थुप्रै नेता पोखरामा छन् ।

रविविरुद्ध सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : २०८१, ४ कार्तिक आइतबार ००:००  ९ : ०५ बजे