२०८२, २६ फाल्गुन मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी नेतासहित ७२ जना जुवाडे पक्राउ



दाङमा प्रहरीले पछिल्लो साता जुवाडेहरुलाई धमाधम पक्राउ गरेको छ । दसैं तिहार चाडबाडको समयमा जिल्ला प्रहरी कार्यालय दाङले ७२ जना जुवाडेलाई पक्राउ गरेर मुद्दा चलाएको जनाएको छ ।

दाङमा नयाँ आएका जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले आफू आउनासाथ जिल्लाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुलाई जुवातास नियन्त्रणका लागि लिखितरुपमै प्रतिबद्धता गराएका हुन् ।

जुवाताससहित पक्राउ परेका कसैलाई पनि नछोडिने एसपी तिमिल्सिनाले बताए । हालै मात्रै नेकपा माओबादी केन्द्रबाट घोराही १७ मा वडा अध्यक्षको उम्मेदवार बनेका वर्ष ५० का पदम केसीसहित १० जनालाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको जनाएको छ ।

७२ जना जुवाडेको साथबाट हालसम्म ७ लाखभन्दा बढी रकम बरामद भएको प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१, ८ कार्तिक बिहीबार ००:००  १० : ३२ बजे