२०८३, ९ भदौ मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेलिकमको सेवा गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न  निर्देशन दिएका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गरेका छन् ।

भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालसमेत सहभागी थिए ।

टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता अर्यालले एक करोड दुई लाख ७० हजार कोषमा दाखिला गरिएको जानकारी दिइन् ।

प्रकाशित मिति : २०८१, १४ कार्तिक बुधबार ००:००  ८ : ५५ बजे