२०८१, १८ मंसिर मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशका नीति तथा प्राथमिकतामा स्थिरता आवश्यक : मधेसका मुख्यमन्त्री सिंह



मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारको तहमा राजनीतिक परिवर्तनका कारण नीतिगत व्यवस्था र प्राथमिकतामा स्थिरता आवश्यक रहेको बताएका छन् । उनले अल्पमत र बहुमतका आधारमा कार्यपालिका परिवर्तन हुने शासकीय प्रणाली रहेकाले सरकारको दृष्टि, उद्देश्य र लक्ष्य प्राप्तिका लागि स्थायी सरकार अर्थात् कर्मचारीतन्त्र क्रियाशील हुनुपर्ने बताएका हुन् ।

सुशासन र सङ्घीयता कार्यान्वयनमा मधेस प्रदेशको अवस्थाबारे हाम्रो भिजन मिडियाले गरेको अध्ययनको सारसंक्षेप प्रस्तुतीकरण कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले भने ‘एउटा सार्थक र परिमाणयुक्त गन्तव्यमा सरकार पुग्नुपर्छ । त्यसक्रममा मैले के गरेँ र ती काम गरिरहँदा आत्मसन्तुष्टि भयो कि भएन भन्ने कुराको समीक्षा राजनीतिक नेतृत्वसँगै कर्मचारीले पनि गर्नुपर्छ ।’ अध्ययनका क्रममा देखिएका कमीकमजोरीबारे समीक्षा गरी तिनलाई सच्याउन विभिन्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएको उनले बताए ।

मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने भन्दै भूगोललाई नभई जनसङ्ख्यालाई सेवा पु–याउनुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनसिंह कोइरी, विभिन्न मन्त्रालयका सचिवलगायतले आआफ्ना धारणा राखेका छन् ।

अध्ययन प्रतिवेदनमा प्रदेशको समृद्धिका लागि राजनीतिक एकता, नीतिगत स्थिरता, सामूहिक प्रतिबद्धता, कर्मचारीहरूमा उच्च उत्प्रेरणा र इच्छाशक्ति, आवश्यकताका आधारमा कार्यक्रम निर्माण गरिनुपर्ने लगायतका सुझाव दिइएको छ ।

प्रकाशित मिति : २०८१, २६ कार्तिक सोमबार ००:००  ९ : ४८ बजे