बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण ४ वटा निर्णय गरेको छ । मुख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को विहिबारकको बैठकले प्रदेशमा सेवा प्रवाह र सुशासनका लागि दिर्घकालिन महत्व राख्ने निर्णय गरेको हो ।
बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम वा सो सरहको अधिकृतहरुलाई कामकाजमा खटाउने, योजना सम्झौतामा राय÷सहमति प्रदान गर्ने र योजना सम्झौतामा हस्ताक्षर गर्न आधिकारिक प्रतिनिधि तोकी पठाउने निर्णय गरेको छ ।
बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्नेलगायत निर्णय गरेको छ ।