२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेह्रथुम एमाले अध्यक्षमा शिव विजयी, उपाध्यक्षमा सन्तोष सर्वसम्मत



नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुङ्गाना निर्वाचित भएका छन् ।

तेह्र्थुम एमालेको अधिवेशनाअ गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै ढुङ्गाना अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो ।

निर्वाचनमा ढुङ्गानाले २२६ मत पाए भने श्रेष्ठले २०४ मत पाएका थिए । उपाध्यक्षमा सन्तोष तिगेला सर्वसम्मत निर्वाचित भएका थिए । सचिवमा भने तारामान मादेन निर्वाचित भएका छन् ।

मादेनले छत्रप्रसाद रिमाललाई २६ मतले पराजित गरेका हुन् । मादेनले २२६ र रिमालले २०२ मत प्राप्त गरे । खुला उपसचिवमा यादवबहादुर खापुङ निर्वाचित भएका छन् । खापुङले २२० मत पाउँदा अर्जुन ढुङ्गानाले २०८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महिला उपसचिवमा तारा ढकाल निर्वाचित भएकी छन् । ढकालले १७५ मत प्राप्त गरेकी छन् । सरिता खड्काले १६५ मत ल्याएकी थिइन् ।

प्रकाशित मिति : २०८१, ७ मंसिर शुक्रबार ००:००  १२ : ११ बजे