बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र उपत्यका मेयर फोरमका संयोजक चिरिबाबु महर्जन बीच भेटवार्ता भएको छ । मुख्यमन्त्री लामा र उपत्यका मेयर फोरमका संयोजक महर्जनबीच संघियता र संघिय व्यवस्थामा सरकार प्रतिको विश्वसनियताका विषयमा छलफल भएको हो ।
प्रदेश र स्थानीय तह बिच समन्वय, सहकार्य गर्दै प्रदेश र स्थानीय तहको विश्वसनियता बढाउन आवश्यक दुईपक्षको समझदारीका विषयमा छलफल भएको छ ।
छलफलमा उठेका विषय र एजेन्डा आगामी हुने प्रदेश समन्वय परिषद्को बैठकमा छलफल गर्ने हुनेछ ।
भेटमा स्थानीय तह र प्रदेशको साझेदारीमा करका दर र दायरा भित्र रहेर राजश्व सङ्कलनको दर बढाउने विषयमा समेत महत्त्वपूर्ण छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।