२०८१, ११ पुस बिहीबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिखु हाइड्रोको ‘हब’ : सभापति खतिवडा



राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा ओखलढुंगाका सांसद रामहरि खतिवडाले लिखुलाई हाइड्रोको ‘हब’ बनाइने बताएका छन् । लिखु गाउँपालिकाको गाम्नाङ्टारमा आयोजित पर्यटन महोत्सव तथा जनजागरण युवा क्लवद्वारा आयोजित वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता उद्घाटन गर्दै खतिवडाले जलस्रोतको धनी लिखु नदीमा जलविद्युतका आयोजना सञ्चालन गर्न लगानी भित्राउन पहल गरिने बताएका हुन् ।

यस क्षेत्रमा सञ्चालन हुने विद्युत आयोजनाबाट जिल्लाको लिखु र खिजीदेम्बा गाउँपालिकाले बढी लाभ लिनसक्ने उनको भनाई थियो ।

नेता खतिवडाले २०६४ सालसम्म विकासमा पछि परेका कारण पूर्वको हुम्ला भनेर चिनिएको ओखलढुंगाका गाउँ गाउँमा विकास पु¥याएर दुई दशक भित्रै विकटबाट विकासशिल जिल्ला बनाइएको दावी गरेका छन् ।

विकास गाउँमा भएपनि गाउँमा बस्ने नागरिकहरु शहर पसेको उनको भनाई छ । गाउँ छाड्नेहरुलाई घर फर्काउन आधारभूत सेवा सुविधाको सुनिश्चितता र रोजगारीको वातावरण बनाएर स्थानीय सरकारले ठोस् कदम चाल्नुपर्नेमा खतिवडाले जोड दिए ।

साना पार्टीहरुले मुलुकमा थप अस्थिरता सिर्जना गरेकाले दुई ठुला दल मिलेको बताउँदै यो सत्ता साझेदारी आगामी निर्वाचनसम्म नै हुने बताए ।

आफु सभापति रहेको समितिले रचनात्मक काम गरिरहेको समेत खतिवडाले बताएका थिए ।

पर्यटनको प्रचुरसम्भावना भएको ओखलढुंगाको लिखु गाउँपालिकामा स्थानीय सरकारले पर्यटन प्रवद्र्धन र खेलकुदका कार्यक्रमहरुलाई प्राथमिकता दिने गरेको गाउँपालिका अध्यक्ष अशोक कार्कीले बताए  ।

प्रकाशित मिति : २०८१, १४ मंसिर शुक्रबार ००:००  ११ : २५ बजे