२०८१, ९ माघ बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा नीतिमा बहस गर्दै कांग्रेस



नेपाली कांग्रेसले शिक्षा नीतिमा बहस गर्ने भएको छ । नेपालको शैक्षिक रुपान्तरण, विद्यमान शिक्षा नीति, परिमार्जनका विषय र युग सुहाउँदो शैक्षिक विकास र गुणस्तर सुधारमा छलफल गर्ने र आधिकारी धारणा बनाएर पार्टी मार्फत सरकारलाई सुझाव दिने गरी नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागले शिक्षा नीति बहस गर्ने भएको हो ।

यहि मंसिर १९ गते, बुधबार दिउँसो १ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा विशेष शैक्षिक छलफल तथा कार्यशाला आयोजना गरिएको कांग्रेस केन्द्रीय शिक्षा विभागका सदस्य राजन श्रेष्ठले अनलाइन सरोकारवालाई जानकारी दिए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरको अध्यक्षतामा हुने कार्यशालालाई पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

शिक्षा विभागले सभापतिलाई भेटेर प्रमुख अतिथिको निम्तो दिँदै कार्यशालाको औचित्य प्रष्ट्याइसकेको  छ ।

विशेष अतिथिमा कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष एवम् केन्द्रीय सदस्यहरु र अतिथि तथा सहभागीहरुमा कांग्रेसका तर्फबाट रहेका पूर्व शिक्षामन्त्री, प्रदेशका मुख्यमन्त्रीहरु, सबै प्रदेशका कांग्रेस अध्यक्षहरु, प्रदेश र संघीय संसदीय शिक्षा समितिका सदस्यहरु,  विश्वविद्यालयका पूर्व उपकुलपतिलगायत पदाधिकारीहरु, राष्ट्रिय योजना आयोग र प्रदेश नीति आयोगका पूर्व उपाध्यक्ष एवम् सदस्यहरु, कांग्रेसका प्रदेश शिक्षा विभाग प्रमुखहरु, भातृ र शुभेच्छुक संस्थाका अध्यक्षहरु, प्रजातन्त्रवादी प्राध्यापक संघका पदाधिकारीहरु, नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघका पदाधिकारीहरु र स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरु रहनेछन् ।

यो कार्यशालाले नेपालको शैक्षिक क्षेत्रमा नवीन सोच र रणनीति तय गर्न मार्ग प्रशस्त गर्ने लक्ष्य लिईरहेको नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागले जनाएको छ । कार्यक्रममा सहभागिताका लागि सबैमा अपिल गरिएको छ ।

प्रकाशित मिति : २०८१, १८ मंसिर मंगलबार ००:००  ११ : ३७ बजे