२०८१, १९ मंसिर बुधबार | Wed Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धार्मिक एकता र समानता भए मात्र देश समृद्धि हुन्छ : मुख्यमन्त्री लामा



बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले धार्मिक एकता र समानता भएमात्रै देश समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन् । हेटौडामा ख्रिष्टमस उत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले लोकतन्त्रमा आफुले रोजेको धर्म मान्न र प्रचार गर्न पाइने भएकाले धार्मिक विखण्डन र सामाजिक विभेद कायम रहे देश समृद्ध बन्न नसक्ने बताएका हुन् ।

विगतमा जातिय तथा धार्मिक समुदायका बीचमा आपसी मेलमिलाप र सामाजिक एकता नहुँदा एउटा समुदायले अर्को समुदायलाई हेयको दृष्टिकोणले हेर्ने चलन रहेको भएपनि संविधानमा धर्म निरपेक्ष मुलुक उल्लेख भएपछि नेपालमा धार्मिक एकता बढेको उनको भनाई थियो ।

ख्रिष्टमस उत्सव उद्घाटन गर्दै बागमतीका मुख्यमन्त्रीले लोकतन्त्रमा आफुले चाहेको धर्म रोज्न पाइने र धार्मिक प्रचार गर्न पाइने बताए । नेपालमा जातिय विभेद हटिसकेकाले अब केही ठाउँमा रहेका धार्मिक विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।

 चर्च बनाउँदा मुद्दा पर्ने, गुम्बा र मन्दिर बनाउँदा सरकारको सहयोग पाउने क्रिष्चियन समुदायको गुनासो रहेको भन्दै मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले पनि चर्च बनाउन सहयोग गर्ने बताए ।

मुख्यमन्त्री लामाले शुभकामना सन्देशमार्फत हाम्रा नेपाली हाम्रा चाडपर्वहरुले संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्ने बताएका छन् ।  नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक भएको र जातिय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको बताए । उनले देश विकासमा आपासी प्रेम ,बिश्वास र सम्मान र सहकार्य अहिलेको आवश्यकता रहेको औल्याए ।

मुख्यमन्त्री लामाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको जिल्ला समिति मकवानपुरले आयोजना गरिएको ख्रिष्टमस उत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रमका वत्ताहरुले नेपाल बहुभाषिक, बहु सास्कृतिक, बहुजातिय राष्ट्र भएकोले एकले अर्कालाई विभेद गर्न नहुने बताउका थिए ।

हेटौडा उपमहानगर पालिकाका प्रमुख मिना कुमारी लामाले सबै समुदाय, वर्गहरुको भावनालाई कदर गर्न स्थानिय सरकार तयार रहेको अवस्थामा अब प्रदेश सरकारले सहयोग गर्नु पर्नपर्ने बताइन् ।

प्रकाशित मिति : २०८१, १८ मंसिर मंगलबार ००:००  ४ : १५ बजे