बागमतीमा महिला उद्यमशिलता विकास गर्न प्रदेश सरकार दृढ रहेको मुख्यमन्त्री बहादुरसिंह लामाले बताएका छन् । हेटौंडामा आयोजित महिला उद्यमीहरुको प्रबर्द्धन विशेष अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले प्रदेश भित्रका महिलालाई उधमी र आत्मनिर्भर बनाउने बताएका हुन् ।
महिला उद्यमशिलता विकास गर्न दृढ रहेको प्रदेश सरकारले महिलाले संञ्चालन गरेका उद्योगलाई आर्थिक तथा प्रावधिक सहयोग गर्ने बताएका छन् । महिलाहरुले सञ्चालन गरेका उद्योगलाई नीति तथा कानुन नै निर्माण गरि महिलाहरुलाई उधमी बनाउन सहयोग गरेको बताए ।
महिला उद्यमीको विकास र प्रवर्द्धनका लागि प्राविधिक तालिम, सुलभ व्याजको ऋण लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने नीति लिएकाले महिला उद्यमशिलताको विकासमा प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका हुन् ।
योजनावद्व विकासको खाका बोकेर आउन मुख्यमन्त्री लामाले आव्हान गरेका छन् ।
स्थानीय सरकारले समेत महिलालाई आत्मनिर्भर बनाउन विशेष कार्यक्रम ल्याउनुपर्ने उनले बताएका छन् ।