२०८१, २८ फाल्गुन बुधबार | Thu Mar 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपाध्यक्ष श्रेष्ठद्वारा अध्यायदेशको आलोचना



नेपाल कम्युनिष्ट ( माओवादी केन्द्र )का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गर्नुभएको छ ।

प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा  उहाँले लोकतान्त्रिक तरिकाबाट अध्यायदेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताउनुभयो । राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, समाजिक अधिकार प्राप्त गर्न नसकेकोे उहाँको उहाँको कथन छ । 

विधिको शासन उल्लङ्घन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको उहाँले बताउनुभयो । केन्द्रले सदन र सडकबाट सशक्त ढङ्गले सरकारको  खबरदारी गर्दै आएको बताउनुभयो । 

प्रकाशित मिति : २०८१, २६ माघ शनिबार ००:००  ३ : ४६ बजे