२०८१, १९ फाल्गुन सोमबार | Tue Mar 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार गणेश पाण्डेकाे ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण



पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त पुस्तक लोकार्पण गरिएको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाउनुभएका सपना र नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो ।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ ।

सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शङ्कर पोखरेललगायत सहभागी छन् ।

प्रकाशित मिति : २०८१, १९ फाल्गुन सोमबार ००:००  २ : ५१ बजे