२०८३, ९ भदौ मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेचासल्यानका ३० युवालाई १६० घण्टाको सुरक्षा गार्ड तालिम



सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका ३० जना युवालाई ४  हप्ते (१६० घण्टाको) सुरक्षा गार्ड तालिम दिइएको छ । युवालाई रोजगारीमा प्रेरित गर्न सुरक्षा गार्ड तालिम दिइएको हो ।

ब्रिटिस सेक्युरेटि सर्भिस प्रालिको आयोजना तथा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र ओखलढुंगाको वित्तीय सहयोगमा र नेचासल्यान गाउँपालिकाको सहकार्यमा सञ्चालित तालिम बुधबार सम्पन्न भएको हो ।

नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष बिना राई, ब्रिटिस सेक्युरेटटि सर्भिस प्रालिका प्रबन्धक निर्देशक भोजकुमार श्रेष्ठ, नेचासल्यान गाउँपालिकाका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक पुष्प दर्लामीले परिक्षार्थीलाई शुभकामना दिँदै स्वरोजगार बन्न प्रोत्साहन गरेका छन् ।

तालिममा नेचासल्यान गाउँपालिका भित्रका ३०  जना युवा युवती सहभागी थिए । तालिमको लोकेन्द्र मगरले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार ००:००  ९ : ५१ बजे