२०८२, १० जेठ शुक्रबार | Fri May 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अधिवेशनको तयारीमा शेर्पा संघ बागमती प्रदेश, सञ्चारमन्त्रीले उद्घाटन गर्ने



नेपाल शेर्पा संघ, बागमती प्रदेश समितिको दोस्रो अधिवेशनको तयारी पूरा भएको छ । वैशाख २७ गते राजधानीको जोरपाटीमा हुने अधिवेशनको तयारी पूरा भएको हो ।

अधिवेशनमा प्रदेशभित्रका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौंसहित शेर्पाको सघन बसोबास रहेको क्षेत्र र विभिन्न किदुग, आबद्ध संस्थाको प्रतिनिधिहरु सहभागि रहने प्रदेश अध्यक्ष आङछिरी शेर्पाले जानकारी दिए ।

प्रदेश अधिवेशनमा स्थानीय तह (पालिकाबाट) ३ जना र जिल्लाबाट अध्यक्षसहित ५ जना प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था छ । त्यस्तै, आबद्ध संस्था, किदुकबाट समेत प्रतिनिधिहरु सहभागिता रहने गरी तयारी भइरहेको अध्यक्ष शेर्पाको भनाइ छ ।

अधिवेशन सम्पन्न गर्न केन्द्रले सघीय उपाध्यक्ष दावा शेर्पालाई संयोजक तोकेको छ । सहसंयोजकको जिम्मेवारी केन्द्रीय सदस्य फुरलाक्पा शेर्पालाई दिइएको छ ।

बागमती प्रदेश अन्तर्गत ललितपुर, रामेछाप, काठमाडौं लगायतको जिल्ला सभा सम्पन्न भइसकेका छन् । दोलखा र सिन्धुपाल्चोकको वैशाख २६ गते सम्पन्न हुने र सोही दिन प्रतिनिधिको नाम पठाउने तयारी भइरहेको छ ।

संघको विधान २०४८ को छैटौं संशोधन २०८१ अनुसार वडातह देखि नै प्रतिनिधि चयन गरेर आउनुपर्ने व्यवस्था रहेको र विद्यानलाई कडाईका साथ लागू गरिने संयोजक दावा शेर्पाले जानकारी दिए ।

वडामा कम्तीमा ३५ जना शेर्पाहरुले सदस्यता प्राप्त गरेपछि वडासमिति गठन हुने र वडादेखि प्रतिनिधि चयन गरी तहगत अधिवेशन सम्पन्न गर्ने प्रावधान छ ।

अधिवेशनको उद्घाटन सत्र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमु्ख आतिथ्यतामा हुने र विभिन्न सांस्कृतिक झाँकी तथा कलाकारहरुको समेत प्रस्तुती रहने गरी तयारी गरेको सदस्य लाक्पा शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : २०८२, २५ बैशाख बिहीबार ००:००  १ : २४ बजे