नेकपा एमाले निकट युवा सङ्घको अध्यक्षका लागि क्षितिज थेबेसँगै सुमन पुरीले पनि मनोनयन दर्ता गराएका छन् । थेबे र सुमन पुरीले आइतबार मनोनयन दर्ता गराएका हुन् ।
पुरीको प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी र उपमहासचिव खेम शर्माले उम्मेद्वारी दर्ता गराएका छन् । यसअघि हालका अध्यक्ष क्षितिज थेबेले पनि दलबल सहित उम्मेद्वारी दिएका छन् ।
पोखरामा जारी दसौँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चयन सर्वसम्मत हुन नसकेपछि चुनावबाछ नेतृत्व चयन गर्न लागिएको हो । युवा सङ्घको नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि अन्ततः दुई पक्षबीच चुनावबाट नेतृत्व चयन गरिने पक्का भएको हो ।
मतदान भोली हुनेछ ।