२०८२, १ असार आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढोरपाटनका मेयर कारागार चलान



इमेज बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका मुख्य अभियुक्त ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको छ । सोमबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेजका संस्थापक अध्यक्ष नेपालीलाई थुनामा पठाई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

उनी इमेजकै सहकारी ठगी प्रकरणमै बागलुङ जिल्ला अदालतको यसअघिको आदेशले बागलुङ कारागारमै थिए । गत १५ असोजमा बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले थुनामा पठाउने आदेश दिएको थियो ।

बागलुङ र कास्कीमा उनीविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर भएको थियो । कास्कीमा उनीसहित १५ जनालाई प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालय कास्कीले ५७ करोड ३५ लाख ८४ हजार ९४७ माग दाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको हो ।

नेपाली बागलुङ कारागारमै रहेकाले उनलाई गत साता पनि सूर्यदर्शन सहकारीको मुद्दामा प्रहरी रोहवरमा बागलुङ–पोखरा आउजाउ गराइएको थियो ।

गत ८ जेठमा पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

प्रकाशित मिति : २०८२, १३ जेठ सोमबार ००:००  ९ : ०५ बजे