२०८२, २७ जेठ सोमबार | Mon Jun 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशसभाको अर्को बैठक जेठ १९ गते बस्ने



बागमती प्रदेशसभाको अर्को बैठक यही जेठ १९ गते बिहान ११ः०० बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार सार्वजनिक गरेका हुन् ।

प्रदेशसभाको यही जेठ १९ गते बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रमका लागि पूर्ण छलफल प्रारम्भ हुने जनाइएको छ ।

सो नीति तथा कार्यक्रममाथि छलफलका लागि जेठ १९, २० र २१ गतेको समय तोकिएको र सोही बैठकमा क्रमशः विशेष समय र शून्य समयको कार्यसूची रहने प्रदेशसभाको सचिव रामकुमार पौडेलले जानकारी दिए ।  

प्रकाशित मिति : २०८२, १६ जेठ बिहीबार ००:००  ४ : ५३ बजे