२०८२, ७ असार शनिबार | Sun Jun 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीका मुख्यमन्त्रीबाट नेपालकै पहिलो सुरपफाष्ट चार्जिङ स्टेसन उद्घाटन



विद्युतीय उपकरण ट्रान्सर्फमर उत्पादक निजी कम्पनी निकले हेटौंडामा पहिलो सुरपफाष्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । विद्युतीय सवारी चार्जिङ स्टेसनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार उद्घाटन गरेका छन् ।

हेटौंडा उपमहनगरपालिका–११ थानाभ–याङमा रहेको निक सुरपरफाष्ट चार्जिङ स्टेसन नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको दाबी गरेको छ । चिनको कम्पनी हुवावेसँगको सहकार्यमा निकले ४ सय किलोवाटको स्टेसन सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

स्टेसनबाट ५ देखि १५ मिनेटमा सवारी चार्जिङ भइसक्ने दाबी स्टेसन प्रमुख प्रेशा श्रेष्ठले जानकारी दिइन् । करिब ११ महिनाको लामो प्रयास पछि स्टेसन स्थापना भएको उनको भनाइ छ । स्टेसनमा ५ वटा प्वाईटमार्फत सवारीलाई चार्ज गर्न सकिने व्यवस्था गरिएको छ ।

स्टेसनमा विद्युत आपुर्ति बन्द हुन नदिन २४०÷२२० केभीको सोलारको पनि व्यवस्थापन गरेको श्रेष्ठले जनाइन् । चार्जिङ स्टेसन उद्घाटनमा मुख्यमन्त्री लामा, हेटौंडा नगर प्रमुख मिनाकुमारी लामा, निकका प्रबन्ध निर्देशक कुशकुमार जोशी, हुवावे नेपालका प्रमुख जेम्स, मकवानपुर उद्योग पाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, ब्रिटिस एम्बेसीका प्रतिनिधी रेशा प्रिया, उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेललगायत उपस्थित थिए ।

मुख्यमन्त्री लामाले पहिलो पटक सञ्चालनमा आएको स्टेसनलाई प्रदेशका सबै क्षेत्रमा पु–याउन जरुरी रहेको बताए । उनले वातावरण संरक्षणको लागि इलेक्ट्रोनिक चार्जिङ स्टेसन जरुरी रहेको भन्दै सेवा विस्तारका लागि आग्रह गरे । यसले नेपाली बजारमा रोजगारीको अवसर प्रदान गर्न मद्दत पुग्ने उनको भनाइ छ ।  

प्रकाशित मिति : २०८२, २६ जेठ आइतबार ००:००  ९ : ४० बजे