टर्चलाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर ओखलढुंगाको खिजीदेम्बामा एक महिलाको मृत्यु भएको छ । मंगलबार घरमै मल्टिप्लगमा चार्जेवल टर्च चार्ज गर्ने क्रममा करेन्ट लाग्दा खिजीदेम्बा गाउँपालिका–३ तनुवाकी ४६ वर्षिया बिष्णुमाया सुनुवारको मृत्यु भएको हो ।
करेन्ट लागेकै समयमा घटनास्थलमै सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । कानुनी प्रकृया पुरा गर्ने र घटनाबारे थप अनुसन्धान गर्नेकाम भइरहेको प्रहरीले जनाएको छ ।
खिजीदेम्बा गाउँपालिकामा १ महिना भित्रै करेन्ट लागेर ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि करेन्ट लागेर विद्युत विस्तारको काम गर्ने एक युवाको मृत्यु भएको थियो ।