२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्यमशीलता प्रवर्द्धन गर्न युवालाई तालिम र प्रशिक्षण



राष्ट्रिय युवा उद्यमी सञ्जालको आयोजनामा “व्यवसाय प्रेरणा तथा भ्याट, कर र अडिट सम्बन्धी एक दिने तालिम कार्यक्रम” काठमाडौँमा सम्पन्न भएको छ । वैदेशिक रोजगारीको विकल्पका रूपमा नेपाली युवालाई स्वदेशमै उद्यमशीलतातर्फ अभिप्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । कार्यक्रममा विज्ञहरूले प्रशिक्षणमुलक मन्तव्य र कक्षा लिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वदेशमै उद्यम गर्न चाहने युवाका लागि सरकारबाट सहुलियतपूर्ण ऋणको व्यवस्था गरिएको बताए । उनले भने, “स्वदेशमै निरन्तर मिहिनेत गर्ने हो भने विदेश जानु पर्ने बाध्यता हट्छ।” मन्त्री चौधरीले राष्ट्रिय युवा उद्यमी सञ्जालको योजनाको प्रशंसा गरे । नेपालमा युवालाई उद्यम र स्वरोजगार बनाउन सके पलायन रोकिने उनको भनाई थियो ।

विशिष्ट अतिथिका रूपमा सहभागी नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञावलीले युवाहरूलाई नकारात्मक सोचबाट बाहिर निस्केर आत्मविश्वासका साथ उद्यममा लाग्न सुझाव दिए । उनले नबिल बैंकले उद्यम गर्न चाहने युवालाई सहज र सुलभ ऋण सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय युवा उद्यमी सञ्जालका अध्यक्ष सुसिल पराजुलीले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै स्थानीय, प्रादेशिक र संघीय तीनै तहका सरकार तथा वित्तीय संस्थाहरूलाई युवा लक्षित कार्यक्रममा सहयोग गर्न आग्रह गरेका छन् ।

एक दिने तालिममा उद्यम, व्यवसाय, पत्रकारिता तथा वित्तीय क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो भने देशभरबाट युवा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति : २०८२, १३ असार शुक्रबार ००:००  ४ : ३९ बजे