२०८२, २३ मंसिर सोमबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेत–दैलेख सडक अवरुद्ध



अविरल वर्षासँगै सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । सुर्खेतदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडकखण्ड अवरुद्ध हुँदा यातायातका साधन बीचबाटोमा रोकिएका छन् ।

डुबेश्वर गाउँपालिका–६, सिस्नेटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । बाटो पूर्ण रूपमा अवरुद्ध छ । सडक खुलाउने पहल भइरहेको उनले बताए ।

पहिरो पन्छाउन सुरक्षाकर्मी खटाइएको र करिब एक घण्टामा यातायात सञ्चालनमा ल्याइने सुर्खेत प्रहरी प्रमुख बरालले बताए । 

प्रकाशित मिति : २०८२, २२ श्रावण बुधबार ००:००  ११ : ५४ बजे