२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राससको महाप्रबन्धकमा सन्दीप राई नियुक्त



राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको हाे ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् ।

पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईसँग मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेका राईले पत्रिका, रेडियो र अनलाइनमा काम गरिसकेका छन् ।

प्रकाशित मिति : २०८२, २७ श्रावण मंगलबार ००:००  ११ : ०५ बजे