२०८२, १ चैत्र आइतबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजामती विधेयक: कर्मचारीको अवकाश उमेर ५८ वर्षमै कायम



निजामती सेवाका कर्मचारीहरूको अवकाश उमेर ५८ वर्षमै राख्ने सहमति जुटेको छ।

यसअघि सत्तापक्षका सांसद तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले अवकाश उमेर ५९ वर्ष बनाउनुपर्ने अडान लिएका कारण हिजोको बैठकमा सहमति जुट्न सकेको थिएन। तर आजको छलफलपछि अन्ततः ५८ वर्षमै कायम गर्ने निष्कर्षमा पुगेका हुन्।

नयाँ कानुन लागू भएको पहिलो आर्थिक वर्षमा ५८ वर्ष पूरा गर्ने कर्मचारीले सो उमेरमै अवकाश पाउनेछन्। तर कानुन लागू भएको दोस्रो आर्थिक वर्षमा ५८ वर्ष पूरा गर्ने कर्मचारीले भने ५९ वर्षमा अवकाश पाउने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८२, १७ भाद्र मंगलबार ००:००  १० : २८ बजे