२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेन जी आन्दोलनको खाका बन्यो, भाषण कसैले नगर्ने



आज माइतीघरमा बसेको जेन जीका युवाहरुको बैठकले भोलि भदौ २३ गते हुने आन्दोलनको सेड्यूल तयार गरेको छ । तालिकाअनुसार भोलि बिहान नौ बजे जेन जेडहरु माइतीघरमा भेला हुनेछन् ।

माइतीघरबाट बानेश्वरको एभरेस्ट होटलसम्म मार्चपास गर्ने कार्यक्रम राखिएको छ । आन्दोलनमा कसैले पनि सम्बोधन भने गर्ने छैनन् । बैठकमा सहभागी एक सदस्यले भने, ‘आन्दोलन केन्द्रित गीत, कविताहरु बाचन गर्न पाइनेछ । तर, स्रष्टाहरु २८ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।’

नेपाल सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय पारेपछि जेन जेड पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् ।

बिनासर्त सामाजिक संजाल पुनः सक्रिय बनाइनुपर्ने, पुराना नेताहरुले प्रधानमन्त्री बन्दिनँ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष रुपमा आयुक्त नियुक्ति गर्नुपर्ने लगायतका मागअघि अघि सारिएको छ । आन्दोलनलाई विभिन्न दलका नेता तथा सेलिब्रिटीहरुले ऐक्यवद्धता जनाइरहेका छन् ।

प्रकाशित मिति : २०८२, २२ भदौ आइतबार ००:००  ८ : ४१ बजे