२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 जेनजी प्रदर्शमा अर्का एक जनालाई पनि गोली लाग्यो



जेनजी प्रदर्शनका क्रममा अर्का एक जनालाई पनि गोली लागेको छ ।

नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन । उनको अवस्था गम्भीर छ ।

यसअघि प्रहरीको गोली लागेर एक जनाको निधन भइसकेको छ ।

नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानासहितलाई पनि गोली लागेको छ । दजर्नौं प्रदर्शनकारी घाइते भएका छन् ।

घाइतेहरूलाई नयाँ बानेश्वर आसपासका अस्पतालमा पुर्‍याइएको छ ।

प्रशासनले दिउँसो साढे १२ बजेबाट कर्फ्यू आदेश जारी गरेको थियो । यद्यपि अहिले पनि प्रदर्शन रोकिएको छैन

प्रकाशित मिति : २०८२, २३ भदौ सोमबार ००:००  २ : २९ बजे