२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपी शर्मा ओली चाँडै बाहिर निस्किने तयारीमा



जेनजी आन्दोलनपछि नेपाली सेनाको सुरक्षामा रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चाँडै बाहिर निस्किने तयारीमा रहेका छन् । बालकोटस्थित ओलीको निजी निवास आन्दोलनमा ध्वस्त भएकाले उनका लागि अस्थायी बसोबास (डेरा) को खोजी भइरहेको छ ।

जेनजी आन्दोलनमा प्रदर्शनकारीको सबैभन्दा बढी तारो एमाले बनेको थियो । एमालेका कार्यालयदेखि सयौं नेताहरूका निवासमा तोडफोड र आगजनी भएका छन् । बालकोटस्थित ओलीको निजी निवास पूर्णरूपमा खण्डहर बनेको छ । बाहिर निस्किनासाथ ओलीलाई सुरक्षित बासस्थानमा राख्न निकटस्थहरू खोजीमा जुटेका छन् । एमाले उच्च स्रोतले अध्यक्ष ओली बसोबास प्रबन्ध मिलाएर ३-४ दिनभित्र सार्वजनिक तयारी छ ।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहिबार ००:००  १२ : ५४ बजे