२०८३, ६ असार शनिबार | Sun Jun 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेनजीलाई एकताबद्ध हुन आह्वान गर्दै माइतीघर मण्डलामा प्रदर्शन



जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

‘जेन–जेड युनाइटेड’को नामबाट गरिएको प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।

उनीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले जेनजी आन्दोलनका शहीदहरुका रगत खेर जान नदिन पनि खबरदारी गरेका छन्।

प्रदर्शनस्थलमा राखिएको ब्यानरमा जेनजी भावना बचाउन र शहीदहरुका सपना पूरा गर्न एक हुर्नैपर्ने लेखिएको छ ।

ब्यानरमा लेखिएको छ, ‘जेनजीको नामा बदनाम हुँदैछ । कसैले यसै नाममा लुटपाट गर्दैछ, कसैले पार्टी खोल्दै छ, कसैले ब्राण्ड बनाउँदै छ। यसर्थ जेनजी भावना बचाउन र शहीदहरुको सपना पूरा गर्न हामी एक हुनैपर्छ।’

सरकार पनि जेनजीहरुको हो भने सबै जेनजीलाई एक हुन सहयोग गर्नुपर्ने पनि उल्लेख छ ।

प्रकाशित मिति : २०८२, ७ कार्तिक शुक्रबार ००:००  १ : ३५ बजे