जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
‘जेन–जेड युनाइटेड’को नामबाट गरिएको प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।
उनीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले जेनजी आन्दोलनका शहीदहरुका रगत खेर जान नदिन पनि खबरदारी गरेका छन्।
प्रदर्शनस्थलमा राखिएको ब्यानरमा जेनजी भावना बचाउन र शहीदहरुका सपना पूरा गर्न एक हुर्नैपर्ने लेखिएको छ ।
ब्यानरमा लेखिएको छ, ‘जेनजीको नामा बदनाम हुँदैछ । कसैले यसै नाममा लुटपाट गर्दैछ, कसैले पार्टी खोल्दै छ, कसैले ब्राण्ड बनाउँदै छ। यसर्थ जेनजी भावना बचाउन र शहीदहरुको सपना पूरा गर्न हामी एक हुनैपर्छ।’
सरकार पनि जेनजीहरुको हो भने सबै जेनजीलाई एक हुन सहयोग गर्नुपर्ने पनि उल्लेख छ ।












