२०८३, १२ जेष्ठ मंगलबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैध संरचनामाथि काठमाडौँ महानगरले चलायो डोजर



काठमाडौँ महानगरपालिकाले थापाथलीमा बनेका अवैध संरचनामाथि डोजर चलाएको छ। महानगरपालिका-१९ स्थित थापाथली चोकबाट त्रिपुरेश्वरतर्फ जाने सडक छेउमा बनेका नक्सापासबिनाका संरचनामाथि डोजर चलाइएको महानगरका नगर प्रहरी प्रमुख राजुरनाथ पाण्डेले जानकारी दिए।  

उनले त्यहाँस्थित गुठीसँगको समन्वयमा संरचनामाथि डोजर चलाइएको पनि बताए।

‘अहिले भत्काइएका कुनै पनि संरचनाको नक्सापास छैन। हामीले यहाँको गुठीसँग समन्वय गरेर काम गरिरहेका छौँ’ उनले भने।  

प्रकाशित मिति : २०८२, ९ कार्तिक आइतबार ००:००  १२ : १४ बजे