२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदाउँदो सूर्यलाई अर्घ्य दिएर यसरी बिदा गरियो छठ



सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।

यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

छठ पर्व तराई-मधेशसहित काठमाडौं उपत्यकामा उल्लासका साथ मनाइएको छ । काठमाडौंमा पशुपति क्षेत्रको गौरीघाट र कमलपोखरीमा छठ मनाइएको छ ।

गौरीघाटमा यसपटक ७०० भन्दा बढी छठ पूजास्थल निर्माण गरिएको थियो । त्यहीँ पुगेर बिहानै भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरेका छन् ।

यसपटक गौरीघाटमा पाँच लाखभन्दा धेरैले पूजा गरेको जनाइएको छ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो सालको छठ समापन भएको छ ।

प्रकाशित मिति : २०८२, १२ कार्तिक मंगलबार ००:००  १० : ५१ बजे