चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।
गएराति पौने २ बजे भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौर बाट काठमाडौंतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको यात्रुबाहक बस ठोक्किएको थियो।
ट्रकमा ठोक्किएको बससँग जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको अर्को यात्रुबाहक बस ठोक्किएको थियो।
ट्रकसँग ठोक्किएर अनियन्त्रित भएपछि अर्को बसले पनि ठक्कर दिएपछि सुरूवातमा ठोक्किएको बस सडकमा पल्टिएको थियो।












