२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिरासतबाट भागेका जिबी राईका जेठान पक्राउ



काठमाडौं कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पुनः पक्राउ परेका छन्।

जेनजी आन्दोलन क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका बम बम्जनलाई शुक्रबार परिसरकै टोलीले पक्राउ गरेको हो।

सिन्धुली दुधौली नगरपालिका-७ घर भएका बम्जन गोर्खा मिडियाका सञ्चालक जिबी राईका जेठान हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार भद‍ौ दोस्रो साता पक्राउ परेका उनीमाथि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको थियो।

आन्दोलनको क्रममा भागेपछि पुन पक्राउ गरिएको हो, एसपी भट्टराईले भने।

बमजनले नै जिबीलाई कास्कीको सूर्यदर्शन सहकारीको अध्यक्ष बनाएका थिए।

बमजनको कम्पनी र सहकारीमा काम गर्न थालेपछि जिबी राईका उनका बहिनी भगवती बमजनसँग दोस्रो विवाह गरेका थिए।

भगवती पनि अहिले जिबी राईसँगै सहकारी ठगी अभियोगमा फरार छिन्।

ज्ञानबहादुर सूर्यदर्शन सहकारी ठगी प्रकरणका पनि आरोपी हुन्।

कास्की जिल्ला अदालतले उनलाई १० लाख धरौटीमा रिहा गरेको थियो।

प्रकाशित मिति : २०८२, २४ कार्तिक आइतबार ००:००  १ : ५९ बजे