२०८३, २४ जेष्ठ आइतबार | Sun Jun 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीमा थपिँदै अर्बौंको लगानी, फस्टाउँदै निर्यातजन्य उद्योग



सबैतिर लगानीको वातावरण नभएको निराशाका खबर आइरहेका बेला रुपन्देहीमा अर्बौंका लगानीका ठूला उद्योग, होटल तथा अस्पतालहरु धमाधम सञ्चालनमा आउन थालेका छन् । ती उद्योगहरुबाट उत्पादित वस्तुहरु स्वेदशको मात्रै नभई विदेशमा निर्यात पनि थालिएकाले बढ्दै गएको निराशालाई सकारात्मक सन्देश दिएको र रोजगारीको सृजना पनि गरेको छ ।

तर अस्थिर राजनीतिका र आन्दोलनमा पहिलो निशाना नै निजी क्षेत्र भएकाले यसलाई रोक्न सामूहिक प्रतिबद्धता चाहिने आवाज पनि उठ्न थालेको छ । अहिले भैरहवादेखि नवलपरासीको भूमही खण्ड र मुख्य मार्गभन्दा भित्र ठूला उद्योग बढी रहेका छन् । पछिल्ला केही वर्षमा अर्बौंको लगानीमा दर्जनौं धेरै ठूला र बहुराष्ट्रिय कम्पनी स्थापना भइसकेका छन् ।

रुपन्देहीका उद्योगी कृष्ण पौडेलले सञ्चालनमा ल्याएको फर्स्ट च्वाइस फूड्स प्रालिले अमेरिका निर्यात थालेको छ । यसअघि दैनिक एक कन्टेनर फ्रेन्च फ्राइ भारत निर्यात गर्दै आएको उसले अब अमेरिकासँगै युरोपमा अन्य देशमा पनि निर्यातको योजना बनाइसकेको छ ।

प्रकाशित मिति : २०८२, ३० कार्तिक आइतबार ००:००  १२ : २० बजे