२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको जेनजी प्रदर्शनमा अत्यधिक अवैध बल प्रयोग भयो



अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)ले गत सेप्टेम्बर ८ (भदौ २३ ) मा नेपालमा भएको जेनजी प्रदर्शनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ ।

एचआरडब्ल्यूले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सेप्टेम्बर ८ मा भएको अत्यधिक बल प्रयोग र त्यसको भोलिपल्ट (सेप्टेम्बर ९) भएका आगजनी तथा सामूहिक आक्रमणका घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरिएको छ ।

प्रतिवेदन अनुसार, प्रहरीले तीन घण्टाको अवधिमा प्रदर्शनकारीमाथि पटकपटक अन्धाधुन्द गोली चलाएको पाइएको छ । राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध ८ सेप्टेम्बरमा भएको प्रदर्शनमा डेढ दर्जन युवाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८२, ८ मंसिर आइतबार ००:००  १० : २५ बजे