सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत फेला परेका छन् । आइतबार काठमाडौंको थापागाउँस्थित आफ्नै घरमा उनी मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार, उनी भर्याङमा झुन्डिएको अवस्थामा फेला परेका थिए । मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनी रेडियो अडियोका कार्यकारी अध्यक्ष हुन् ।












