२०८२, २७ फाल्गुन बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज तमु ल्होसार, गुरुङ समुदायको नयाँ वर्ष



गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।

तमु ल्होसार गुरुङहरूले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउने गर्छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हो। यो वर्ष गुरुङ समुदायले ‘त’ अर्थात घोडा वर्षलाई स्वागत गर्दैछन् ।

गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाइने विश्वास गरिन्छ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ।

तमु ल्होसारका अवसरमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका प्रमुखले पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार ००:००  ११ : ०१ बजे