२०८२, ५ माघ आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु



गएको मंसिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावरहाउस लगायत संरचनामा देखिएको प्राविधिक समस्या समाधान गरिएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए ।

केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको कार्य समेत एकैसाथ सम्पन्न गरी उत्पादन सुरु गरिएको उनले बताए ।

करिब दुई वर्षअघि उत्पादन सुरु गरिएको यो आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । ताप्लेजुङमा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये यो सबैभन्दा बढी क्षमताको हो । रासस

प्रकाशित मिति : २०८२, २२ पुस मंगलबार ००:००  १२ : ०० बजे