२०८२, २० फाल्गुन बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समितिले मनोनयन दर्ताको समय थप्यो



नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले मनोनयन दर्ताको समय बढाएको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार बिहान ८ देखि ९ बजेका लागि तोकिएको मनोनयनताको समय ९ः३० बजेसम्मका लागि थप गरिएको छ ।
 
“यो पार्टीको आन्तरिक चुनाव हो । पार्टीको अनुकूलता हेरेर समयमा लचक हुने अवस्था छ,” केसीले बाह्रखरीसँग भने, “मनोनयन समयकै कारण अप्ठ्यारो पर्दैन । आकांक्षीहरूको अनुकूलता हेरेर समय बढाउन सकिन्छ ।” 

वार्ता र निर्वाचन प्रक्रिया सँगसँगै अगाडि बढिरहेको छ । विशेष महाधिवेशनको अपनत्व लिन संस्थापन पक्षलाई आग्रह गरेपछि त्रिपक्षीय वार्ता चलिरहेको छ । आज पनि वार्ता हुँदै छ । 

प्रकाशित मिति : २०८२, १ माघ बुधबार ००:००  १० : २१ बजे