२०८२, २० फाल्गुन बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धम्कीबाट प्रभावित हुँदैन भन्नेमा विश्वस्त छौँ : विश्वप्रकाश



नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले विधान कार्यान्वयन गर्नको लागि विशेष महाधिवेशन आह्वान गरेका छन्।

निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा बोल्दै आफूहरूलाई कारबाही गर्दा केन्द्रीय कार्यसमिति विघटन भइसकेको जिकिर गरे। केन्द्रीय कार्यालय महामन्त्री मातहत हुने भएकाले विधान अनुसार नै विशेष महाधिवेशन आह्वान भएको जिकिर गरे।

उनले अहिलेसम्म २९ जना महाधिवेशन प्रतिनिधिहरूले अहिलेसम्म नाम फिर्ता लिएको बताए। उनले आधिकारिकता दिनको लागि आयोग धम्कीबाट प्रभावित नहुने विश्वास व्यक्त गरे।

देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पक्षमा निर्णय नआए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए।

त्यसबारे उनले भने, ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौँ भनेर केही बेर अघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौँ। यस्ता धम्कीबाट आयोग प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा विश्वस्त छौँ।’

उनले आफूहरू १६५ क्षेत्रमा तोकिएकै समयमा उम्मेदवार दर्ता गर्ने तयारीका साथ अघि बढेको बताए।

प्रकाशित मिति : २०८२, ३ माघ शुक्रबार ००:००  ४ : २८ बजे