राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।
ओलीले आइतबार बिहान आफू डिबेटका लागि तयार रहेको भन्दै यो चुनावमा देश जलाउने र देश बनाउने पक्षबीच प्रतिस्पर्धा हुने टिप्पणी गरेका थिए । ओलीको सोही पोस्टमा जवाफ फर्काउँदै बालेनले लेखेका छन्, आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा चरम दमन भएको भन्दै बालेनले त्यसलाई लुकाउन २४ गते जलाइएको उल्ल्ख गरेका छन् । तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गत्ते जलाएको हो,बालेनले लेखेका छन्, आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो रुरु त्योपछि अरू कुरा गरौँला ।
बालेनले आफू ओलीसँग एउटै मञ्जमा नउभिने पनि बताएका छन् ।












