२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा एकै परिवारका आमा–छोराको हत्या



बारा जिल्लामा एकै परिवारका आमा–छोराको हत्या भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक  विजयराज पण्डितका अनुसार परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।  

डीएसपी पण्डितका अनुसार आज बिहान करिब ३ बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । 

उक्त घटनामा परिवारकै ५० वर्षीय श्रीमान् जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन् । घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान तीव्र पारिएको र संलग्न व्यक्तिको खोजीका लागि सुरक्षा सतर्कता बढाइएको छ । 

यस घटनापछि स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ ।

प्रकाशित मिति : २०८२, १५ माघ बुधबार ००:००  १० : २८ बजे