२०८२, २७ फाल्गुन बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार



राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार ९८७ रहेको बताएको छ । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लामिछाने चितवन–२ बाट विजयी भएका थिए । 

बुधबार सार्वजनिक गरेको खर्च विवरण अनुसार सबैभन्दा बढी यातायात र इन्धनमा २ लाख ९५ हजार खर्च भएको छ । यसैगरी खाद्यान्न र रासनमा एक लाख ९६ हजार, गोष्ठी तथा भेलामा एक लाख ८० हजार खर्च भएको विवरणमा उल्लेख छ । 

लामिछानेले मंगलबार निर्वाचन आयोगको कार्यालयमा चुनावी खर्च विवरण पेस गरेका थिए ।

प्रकाशित मिति : २०८२, २७ फाल्गुन बुधबार ००:००  १० : ४० बजे