२०८२, २९ फाल्गुन शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घर फर्किने क्रममा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु



दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।

भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको छ ।

बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा भिरबाट लडेर घाइते भएका थिए । उनलाई धनगढी लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति : २०८२, २९ फाल्गुन शुक्रबार ००:००  १ : ५० बजे