२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सहित ६ यात्रु सवार, सबै सकुशल



बुधबार खोटाङमा एयर डाइनेस्टीको ‘९ एन–एएफक्यू’ हेलिकप्टर दुर्घटनामा परेको छ ।

हेलिकप्टरमा पाइलट सहित ६ यात्रु सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार दुर्घटना खोटाङको बालबेसी भन्ने स्थानमा भएको हो । स्थानीय समय अनुसार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट ११ बजे उडेको हेलिकप्टर ११:५१ मा दुर्घटनामा परेको समेत प्राधिकरणले जनाएको छ ।

एक यात्रु सामान्य घाइते भएको र अन्य सबै सकुशल रहेको समेत प्राधिकरणको सूचनामा उल्लेख छ । हेलिकप्टरमा शव भने नरहेको समेत प्राधिकरणले जनाएको छ । दुर्घटना लगत्तै अर्को हेलिकप्टर उद्धारका लागि घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : २०८२, ४ चैत्र बुधबार ००:००  २ : ०३ बजे