प्रधानमन्त्री सुशीला कार्कीले प्रशिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन्। बिहीबारबाट कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान १५ मिनेट चनदननाथ मन्दिरमा पुजा गरेकी हुन्। चन्दननाथमा कार्कीको पूजाआजाले कर्णालीको धार्मिक पर्यटनमा महत्वपूर्ण सन्देश जाने चन्दननाथ गुठी समितिको विश्वास छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत् जुम्ला पुगेकी प्रधानमन्त्री कार्की नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डामा बास बसेकी थिइन्। शुक्रबार बिहान चन्दननाथ पुग्दा जुम्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो। शुक्रबार बिहान प्रधानमन्त्रीले पुजाआजा गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए।











