दुई दिन वर्षा भएपछि मौसम सफा हुँदा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे देखिएको छ ।
मैवाखोला गाउँपालिकाको तीजुरे–मिल्के–जलजले क्षेत्र हिउँले ढाकिएको देखिएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र पनि सेताम्मे बनेको छ । मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको संख्या पनि बढेको छ ।
ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा शुक्रबार (चैत ६) साँझदेखि बाक्लो हिमपात भएको हो । वर्षासँगै सुरु भएको हिमपातले जिल्लाका विभिन्न हिमाली भेग सेताम्मे छन् ।











