२०८३, ५ जेष्ठ मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या



कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ ।

कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको थियो ।

गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको थियो ।

हतियार प्रहार गर्नेको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने एसपी भट्टराईले बताए । ‘हतियार प्रहार गर्नेका पहिचान भइसकेको छ । चाँडै पक्राउ गर्छौ । हाम्रो टोली खटिरहेको छ’ एसपी भट्टराईले भने ।

प्रकाशित मिति : २०८३, २३ बैशाख बुधबार ००:००  ५ : ४३ बजे