अन्तरिम सरकारको नेतृत्व गर्न लागेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी नेता सुदन गुरुङ्गको आडमा प्रतिनिधिसभा विघटनलाई बटमलाइन बनाएकी छन् । उच्च सुरक्षा स्रोतका अनुसार राष्ट्रपति, प्रधानसेनापति र आन्दोलनकारी शक्तिबीच भएको त्रिपक्षीय वार्तामा कार्की र सुदनले संसद विघटन गर्नैपर्ने अडान नछोडेका हुन् । त्यसमा प्रधानमन्त्रीको शपथ अघि कि पछि भन्नेमा अहिले कुरा अड्किएको अवस्था छ ।…