२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा



राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताएका हुन्।

उनले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताए। आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने उनको भनाइ छ।

उनले आन्दोलन शान्तिपूर्वक हुने दावी गरे।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बुधबार ००:००  २ : २४ बजे